१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भ्रष्टाचारको कारक निर्वाचन

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन १ गते प्रकाशित वीरेन्द्र मिश्रको ‘भ्रष्टाचारको जग निर्वाचन’ समय सान्दर्भिक छ ।

लोकतन्त्रको प्राण मानिने निर्वाचन नै भ्रष्टाचारको जग हुनपुगेपछि कसरी लोकतन्त्र सबल बन्छ ? भन्ने लेखकसँंग पूर्ण सहमत हुन सकिन्न । भ्रष्टाचारको एउटा कारण निर्वाचन अवश्य हो । तर पैसा र शक्तिको अत्यधिक भोक भ्रष्टाचारको जग हो । दोस्रो विश्वयुद्धपछिका नेताहरू इमानदार हुन्थे भन्ने सही हो । विस्तारै नेताहरू भ्रष्ट भए र शानशौकतमा लागे । नेताको पछि लाग्ने कार्यकर्ता पनि त्यस्तै भए । दुवै मिली एकअर्कालाई सहयोग गर्ने र दुवै मिली शानशौकत देखाउने । यी सबको लागि भ्रष्टाचार नगरी हुँदैन । पहिले जसरी भए पनि निर्वाचन जित्न जरुरी छ । २०/२५ लाखको निर्वाचन खर्च हुनेमा अब करोडको जोहो गर्नुपर्छ । अत: निर्वाचन जित्न भ्रष्टाचार र शानशौकत कायम राख्न अलग–अलग भ्रष्टाचारमा लाग्नुपर्छ । त्यसका लागि बिचौलियाको उत्पत्ति भयो । बिचौलियाले दलालतन्त्रको निर्माण गर्‍यो । आज सम्पूर्ण शासन व्यवस्था दलाल र माफियाको चंगुलमा छ । भ्रष्ट नेताले चाहेर पनि दलाल र माफियालाई नियन्त्रण गर्न सक्दैनन् । चुनाव उम्मेदवारको होइन,
पार्टीको हुनुपर्छ ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?