कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पानीजहाजको औचित्य

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री ओलीले बिहीबार नेपालमा पानीजहाज कार्यालय उद्घाटन गरे ।

उद्घाटन गर्नु र सफलतासाथ सञ्चालन गर्नु अलग कुरा हुन् । यो योजना पञ्चेश्वरजस्तै कहिल्यै पुरा नहुने योजना हो । २/४ दिन कुनै सानो पानीजहाज ल्याएर नेपालको सीमा छुने काम गरे पनि नदीको बहाव र चौडाइको कारण ठूला पानीजहाज सञ्चालन सम्भव छैन । यसमा समय र पैसा खर्च गर्नु बुद्धिमानी हुने छैन । पहिला यसको औचित्य र क्षमता पुष्टि गरियोस् । अनि मात्र लगानी र सञ्चालनको कुरा आउँछ । प्रधानमन्त्रीले ‘बे अफ बंगाल’ र कोलकाताबाट नेपाललाई जलमार्गबाट जोड्ने र हावादारी भनेर खिसी गर्ने नेताहरूलाई पनि उद्घाटनमा लगेरै छाड्ने कुरा गरेका थिए । कोशी, गण्डकी र कर्णाली नदीको बाटो हुँदै नेपाललाई समुद्रसँंग जोड्ने जलमार्गको योजना राम्रो भए पनि त्यो नेपालको लागि खासै औचित्यपूर्ण छैन । ती नदीका मार्गहरूबाट ठूलठूला पानीजहाज आउन सक्दैनन् । ससानो पानीजहाजबाट नेपालमा पैठारी हुने ठूलो परिमाणका वस्तु ल्याउँदा झनै महँंगो पर्छ ।
– गोपाल देवकोटा, गौरीघाट, काठमाडौं

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?