कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राजीनामा दिएर उम्कने चाल

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको असली कर्तुत बाहिर आयो ।

‘जो चोर उसैको ठूलो स्वर’ भन्ने नेपाली उखान यस पटक प्रस्ट भएको सुन्दा अचम्मै लाग्यो । जसले अरूले गरेको भ्रष्टाचार र दुरुपयोग रोक्न पहल गर्नुपर्ने र देशलाई भ्रष्टाचारविहीन बनाउन भूमिका निर्वाह गर्नुपर्ने हो, उही व्यक्तिले पवित्र संस्थामा बसेर भ्रष्टाचार गरेको सुन्दा अचम्मै लाग्यो । यस्ता देशद्रोही र अक्षम्य भ्रष्टाचारी संवैधानिक अंगहरूमा पनि छन् भन्ने अब उदाहरण मात्र बनेको छ । अख्तियार दुरुपयोग हुन नदिन राज्यको सेवा सुविधा लिएर जनतामाथि शासन गर्ने पाठकजस्ता देशद्रोहीहरू उम्किने बाटो राजीनामा मात्र हो । के उनले राजीनामा दिँदैमा उनका पापकर्म क्षमायोग्य भइसके ? राजीनामा दिएर बाहिरिँदा मात्र यिनलाई क्षमा दिनु हुन्न । कारबाहीको दायारामा ल्याउनुपर्छ । अख्तियारले अब उसैलाई पाता कस्नुपर्छ । यस्ता देशघातीलाई सरकारले ४ महिनासम्म किन छानबिन गरी कारबाही गर्न सकेन ? यसमा प्रस्ट जवाफ आउनुपर्‍यो । अर्को कुरा पाठकले राजीनामा मात्र दिएर उम्कने छुट पाउँदैनन् र दिनु हुँदैन ।
–नरनाथ पाण्डे, कावासोती–८, नवलपुर

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?