१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घातक वक्तव्य

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन ३ गते प्रकाशित ध्रुव कुमारको ‘संकट र सकस’मा पश्चिमा कूटनीतिक नियोगद्वारा जारी वक्तव्यले नै प्रचण्डले प्रतिक्रियास्वरूप भेनेजुएला सम्बन्धी आक्रोशित वक्तव्य दिएको उल्लेख छ ।

सत्य यही हो तर जुन असुरक्षाको भयले उनले त्यो वक्तव्य जारी गरे, त्यसले गर्दा न उनी सुरक्षित हुन्छन् न त देश नै । सायद त्यसैकारण उनले अमेरिकी राजदूतसँग मिलेर घटनाको ढाकछोप गरेका हुन् । कुनै पनि घटनामा बार्गेनिङ गर्ने प्रचण्डको बानी छ । यस घटनालगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसित बार्गेनिङ गरेका छन् । संघीयता धरापमा पार्ने काम प्रधानमन्त्री ओलीले गरेका छन् । जब कि प्रचण्ड संघीयता र गणतन्त्रका नायक हुन् । प्रचण्डको बार्गेनिङ राम्रै छ । जहाँसम्म भेनेजुएलाका प्रधानमन्त्री निकोलस मडुरोको पक्षको सवाल छ, त्यो उचित छैन । २० प्रतिशत मात्र मतदान र त्यो पनि धाँधलीपूर्ण भएकाले मडुरोका पक्षमा रूस र चीनले पनि हच्केर वक्तव्य दिएका छन् । अत: प्रचण्डको वक्तव्य अनपेक्षित र देशका लागि घातक छ ।
–डा. शिवशंकर यादव, छपकैया वीरगन्ज

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?