१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सबैलाई सुरक्षा भत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट सामाजिक सुरक्षाको समान हक हुनेछ भनिएको छ ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ पनि भनिएको छ । तर समाजिक सुरक्षा भत्तामा विभेद गरिएको देखिन्छ । प्रत्येक ७० वर्ष उमेरका ज्येष्ठ नागरिकले समान रूपले भत्ता पाउनुपर्छ । निवृत्तिभरण तथा सामाजिक सुरक्षा भत्ता दुई फरक विषय हुन् । पेन्सन पाउने निवृत्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिनु न्यायको सिद्धान्त विपरीत हुन्छ । निवृत्तिभरण व्यक्तिले कुनै निकायमा सेवा गरेको आधारमा निवृत्त भएपछि पाउने जीवन निर्वाह वृत्ति हो । सामाजिक सुरक्षा भत्ता कानुनले तोकेको उमेर लिङ्ग वा वर्गभित्र पर्ने हरेक नागरिकले पाउने रकम हो । पेन्सन पाइरहेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिने वा नलिने भनेर रोज्ने अधिकार दिनुपर्छ, नकि भत्ताबाट बञ्चित गर्ने । भुल्न नहुने तथ्य के हो भने सरकारी कर्मचारी र शिक्षकले सामाजिक सुरक्षा करको रूपमा तलबको एक प्रतिशत रकम हरेक महिना भुक्तान गरिरहेका हुन्छन् । जुन सामाजिक सुरक्षा भत्ता लगायतमै गरिने खर्चको लागि लिइएको हो । विश्वमा सामाजिक सुरक्षा भत्ता र पेन्सनलाई छुट्टा–छुट्टै रूपमा व्यवस्थापन गर्ने गरिएको छ ।
– न्हुछेरत्न बुद्धाचार्य, भक्तपुर

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?