कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदेकलाग्दो आचरण

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको घुसकाण्डले अख्तियारको साख घटेको छ ।

आयुक्त पाठकले चार वर्षदेखि शिक्षा क्षेत्रसंँग सम्बन्धित आयोगमा परेका उजुरी छानबिनको जिम्मेवारी पाएका थिए । यसबाट शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचारको जड भनेको माथिल्लो निकायसम्मै सेटिङमा चलिरहेको हुँदोरहेछ भनी जनताले अनुमान लगाएका छन् ।


पाठकको मुद्दामा भ्रष्टाचार गर्ने र गराउनेको नियत अध्ययन गर्ने हो भने पदीय आचरण र मर्यादा विपरीत भ्रष्ट आचरण उदाङ्गो भएको छ । पाठक ६ वर्षका लागि आयुक्तमात्र भएका होइनन्, उनी २०३९ सालदेखि न्यायक्षेत्रमा कार्यरत र सेवानिवृत्त राष्ट्रसेवक हुन् । यो घटनाले उनको सेवा अवधिको व्यवहार, आचरण कस्तो थियो होला ? सम्मानित पदीय जिम्मेवारी पुरा गरेर अवकाश प्राप्त उच्च ओहदाकाहरू विभिन्न आयोगमा आयुक्त मनोनित भएपछि उनीहरू उच्च आचरणयुक्त ओहदाको जिम्मेवारीमा पुगेका होइनन् र ? उनीहरूमा लोभ, मोह र लालचा केही नहुनुपर्ने होइन र ? तर किन त्यस्ता विशिष्टहरूबाट नै यस्ता हर्कत भइरहेका छन् ? उनीहरूको यो आचरण उदेकलाग्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पूर्व सचिवसमेत रहेका लोकमानसिंह कार्कीको बहिर्गमन र अहिले पाठकको बहिर्गमनबाट यथार्थमा के भन्न सकिन्छ भने आगामी दिनमा राष्ट्रसेवामा समर्पित भइसकेका र उमेरहदका कारण सेवानिवृत्तहरूलाई कुनै पनि संवैधानिक आयोगमा प्रमुख आयुक्त र आयुक्तजस्तो महत्त्वपूर्ण जिम्मेवारी दिनु हुँदैन ।
– नोदनाथ त्रिताल, चौबिसे गाउँपालिका–३, धनकुटा

प्रकाशित : फाल्गुन ८, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?