१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निद्रा भंग गर्ने गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक पशुपति शर्माको ‘लुट्नसके लुट कान्छा’ बोलको गीत युट्युबमा अपलोड भएको दुई दिन नबित्दै दुई तिहाइ मतको सरकारको निद्रा बिथोलिदिएको देख्दा अचम्म लाग्यो ।

अहिलेको राज्यव्यवस्था सञ्चालनको शैली लगायत समसामयिक विषयमा तिखो व्यङ्गय प्रहार गरिएको यो गीत नेकपाको भ्रातृ संगठनको ब्यापक विरोधमा गायक युट्युबबाट हटाउन बाध्य भए । उनले युट्युबबाट हटाए पनि यो गीतले लाखौं मानिसको मनमुटुमा बास गरिसकेको थियो । हामी अहिले लोकतान्त्रिक गणतन्त्रको युगमा छौं । लोकतन्त्रमा नागरिकलाई कम्तीमा बोल्न स्वतन्त्रता हुनुपर्ने हो । जनताको बोलीलाई गायकले गायनमा उतारेका न हुन् । तर यो सामान्य गीतको विरोध गर्न सत्तापक्ष नै लागिपर्‍यो । संसदमा नै गीतका विषयमा चर्काचर्की भयो । राजतन्त्रमा राजाको विरोधमा एकशब्द बोल्न पाइन्न थियो । गणतन्त्रमा पनि नागरिकलाई बोल्नै नदिने हो भने हामी कस्तो लोकतान्त्रिक प्रणालीको अभ्यास गर्दैछौं ? नेता, कार्यकर्ताले सडकमा आन्दोलनका नाममा जस्तोसुकै अमर्यादित शब्द बोल्दा पनि पचाउने युवाहरूको राजनीतिक संगठन किन एउटा गायकमाथि यति धेरै खनिएका होलान् ? पुरानै व्यवस्थाको झल्को दिनेगरी विरोध गर्नु लज्जाको विषय हो ।
– पूर्ण थापा ‘शिव’, सालु–४, मन्थली, रामेछाप

प्रकाशित : फाल्गुन ८, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?