२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अनुत्पादक कार्यमा तल्लीनहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — आहुतिको गंगालालको छातीका अतिरिक्त तीन गोली लेख पढेपछि अनुत्पादक कार्यमा युवाहरू अलमलिएको छनक पाइन्छ ।

लेखबाट युवा, तन्नेरीहरू अनुत्पादक भुमरीमा रुमलिरहेको स्पष्ट हुन्छ । आहुतिले प्रयोग गरेको भाषामा भन्दा नरशमशेरहरूको अविचलित कार्यशैलीको परिणाम हो, युवा पलायन भन्न सकिने अवस्था रहेछ । राज्यले ल्याएका युवा लक्षित कार्यक्रमले तिनलाई छोएको पाइँदैन । जस्तै– राष्ट्रिय युवा परिषदमार्फत युवाका लागि गतिविधि चलिरहेका भए पनि धेरै युवा यसबारे बेखबर छन् । युवा उद्यमशील कार्यक्रम, प्रमाणपत्र धितो राखी ऋण दिने कार्यक्रम लगायतका कार्यक्रम आएका भए पनि यसले युवालाई खासै प्रभाव पारेको देखिँदैन । रोजगारको अवस्था सिर्जना गरी युवा पलायनलाई रोक्ने कुरा पनि सुनिन्छ । तर त्यसो भएको पाइँदैन । युवा लक्षित कार्यक्रममा केही राजनीतिक पहँुचवालाहरूले मात्र फाइदा लिएको महसुस हुन्छ । व्यावसायिक धारमा युवाहरूलाई जोड्न नसकेको अवस्था छ । युवा, तन्नेरीहरू अहिले गलत प्रशिक्षणको सिकाइमा अलमलिरहेको आभास हुन्छ । आहुतिले पोर्नको गोली, प्रेमको गोलीमा युवा अलमलिएको समय सान्दर्भिक विश्लेषण गरेका छन् । यसमा राज्यको कमजोरी छ ।
– गोविन्द विक, कपन, काठमाडौं

प्रकाशित : फाल्गुन ८, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?