१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रजातन्त्र आएको दिन

कान्तिपुर संवाददाता

काठमाडौँ — २००७ साल आजकै दिन १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भएको थियो । जनताले स्वतन्त्रताको सास फेर्न पाएका थिए ।

जनतामा विकासको ठूलो चाहना थियो । जनता आर्थिक, सामाजिक विकासमा फड्को मार्न चाहन्थे । तर त्यो चाहना अर्को एक दशक नहुँदै २०१७ को शाही कूद्वारा निमोठियो । अनेकौं आन्दोलन र विद्रोहपछि ३ दशक लामो पञ्चायती शासनले जनता समक्ष घुँडा टेक्यो । संविधान मुनि रहनपर्ने राजा फेरि संविधानमाथि राखिए, जनताको शासन स्थापित गर्न २०६२ मा ठूलो संघर्ष गर्नपर्‍यो । यो संघर्ष शान्ति, समृद्धि र विकासका लागि थियो, न कुनै नेता अथवा राजनीतिक पार्टीलाई राजाझैं बनाउन । आज प्रजातन्त्रको नाम राजावादीसँग जोड्ने गरिन्छ, लोकतन्त्र र गणतन्त्र भन्नेहरू आज विकासवादी मानिन्छन् । तर जनता कुनै तन्त्र जान्दैनन् । जुन तन्त्र लेखिए वा भनिए पनि जनता शान्ति र विकास चाहन्छन् । सरकारले ब्याप्त बेरोजगारी र भ्रष्टाचारलाई निमिट्यान्न पारी विकासका काम गर्ने हो भने त्यो नै जनतालाई सच्चा प्रजातन्त्र दिवसको शुभकामना हुनेछ ।
– अशोक तिमल्सिना, ढुंगेखर्क, काभ्रे

प्रकाशित : फाल्गुन ८, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?