१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आत्मरतिमा सरकार

कान्तिपुर संवाददाता

काठमाडौँ — किलोका किलो सुन ओसारे पनि लागुऔषधीको उच्च प्रतिफल दिने व्यापार गरे पनि निरीह महिला, बच्चीदेखि वृद्धासम्म बलात्कृत भए पनि अर्बौं, खर्बौं भ्रष्टाचार गरे पनि त्यता हेर्न सरकारलाई फुर्सद छैन ।

जाँगर र मन छैन । यस्तो कहालिलाग्दो परिस्थितिबाट मुलुकलाई निकास दिने हो भने लोकतान्त्रिक सरकारले काम थोरै गफ धेरै गर्न बन्द गर्नुपर्छ । मानव अधिकार, वाक्, प्रकाशन स्वतन्त्रतासँगै नागरिक सर्वोच्चताको पक्षमा खरो उत्रनुपर्छ । राजनीतिमा दबाब समूह रहन्छ । उसको आलोचना, समालोचना सल्लाह र सुझाव ग्रहण गर्नसक्ने क्षमता सरकारसँग हुनुपर्छ । अहिलेकै गतिमा सरकार आत्मरतिमा रम्दै जाने र यस्तै रवैया कायम राखेर नयाँ छलाङ मार्ने गलत सोचभित्र रुमल्लिइरहने हो भने बाँकी चार वर्षभित्र नेपाल र नेपालीको हविगत के होला ?
– मधुसूदन ओझा, विराटनगर–३, मोरङ

प्रकाशित : फाल्गुन ८, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?