कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हावादारी गफगाफ

कान्तिपुर संवाददाता

काठमाडौँ — नोटसहित एकछाक ‘खानेपिने’को टन्न भोज दिएर 
बनेका छौं जनअनुमोदित मजासँग चुनाव जितेर ।

यस्तै हो सत्तामा टिक्नका लागि अनेकै गर्नुपर्ने रहेछ
पद नयाँ सिर्जना गरेर अनि नयाँ मानिस भर्ना गरेर ।
गुन्डा, फटाहाहरूलाई पनि चित्त बुझाउनैपर्‍यो
‘हाम्रो तिमी नै हौ’ भन्दै अपराधमुक्त गरी उत्साह भरेर ।
सचेत नागरिक पनि कोही–कोही असन्तुष्ट हुनसक्छन्
तिनलाई पनि हत्याउने कतै न कतै खान पाउने मेलो मिलाएर ।


उद्देश्य त आखिर मिलिजुली खानु नै रहेछ †
राजनीतिलाई सेवा होइन, नाफैनाफाको पेसा बनाएर ।
न्याय, सदाचार र सुशासन त भन्ने कुरामात्रै भए
शासन गर्नु भनेकै खालि हावादारी गफगाफ गरेर ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : फाल्गुन ८, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?