कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कलालाई फैलिन देऊ

कान्तिपुर संवाददाता

काठमाडौँ — भ्रष्टाचार, बेथिति, अनियमितता, अन्याय, अत्याचार, अराजकताको जालो फैलिरहेका बेला पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतले सडक तथा सदन तातेको छ ।

अधिकांश जनताको मन जित्न सफल भए पनि सरकार र तिनका भ्रातृसंगठनको मन कुँडिनु स्वाभाविक हो तर गायक शर्माले जनताका मनमा उब्जेका प्रश्न, प्रतिप्रश्नलाई गीतमार्फत छर्लंग हुने गरी उजागर गरेको यथार्थ हो । गीतभित्र गायक शर्माले वाइडबडी काण्ड, सुनकाण्ड, सरकारको तलब खाने डाक्टर निजी क्लिनिकमा काम गर्ने, सुब्बा वा सोसरह हुँदै अकूत सम्पत्ति कमाउने, सडकमा ट्राफिक बत्ती नहुनु र सिट्ठी फुक्दा ट्राफिकलाई जनताले नमान्नु, भ्रष्टाचार नियन्त्रण नहुनु, भ्रष्टलाई कारबाहीको साटो सहज उन्मुक्ति दिनु, हत्याहिंसा मौलाउनुजस्ता कुरीतिलाई व्यंग्यात्मक शैलीमा प्रस्ट पारेका छन् । कुनै पनि स्वतन्त्र कलाकारको सिर्जनाको मर्ममाथि राजनीतिक प्रहार र हत्या गर्नु कति उचित होला ? खबरदारी गर्न पाउनु कलाकारलगायत सम्पूर्ण जनताको स्वतन्त्र अधिकार हो । कलाकारको सिर्जनामाथि रोक लगाउनु र बन्देज गर्नु लोकतन्त्रको मर्मविपरीत हो ।
– रवीनकुमार घिमिरे, वैत्यश्वर–६, दोलखा

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?