कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आशा र निराशाको दोसाँध

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्सले २६ औं वार्षिकोत्सवमा प्रकाशन गरेको ‘तन्नेरी विशेष’ भित्रका प्रत्येक आलेखका आआफ्नै विशेषता छन् ।

‘ब्रो हाउ क्यान आई हेल्प यु ?, गंगालालको छातीमा तीन गोली, नेपाली नालन्दा कहिले ?, लेखकहरूको लस्कर, टेलिजेनिक लिडरको खाँचो, नेतृत्वको दौड, उदाउँदो मधेस, अड्डामा आकर्षण, प्रवास पौरख, तन्नेरी निर्यात, संसद्मा नयाँ पुस्ता, युथ भिजन, धुन र ताल, बोल्ड एन्ड ब्युटिफुल’ बाट अर्थपूर्ण निष्कर्ष निस्कने देखिन्छ । अहिलेका युवामा आशा, उमंग, उत्तेजना प्रचुर मात्रामा देखिए पनि राज्यले उनीहरूको व्यवस्थापनमा ध्यान दिएको पाइँदैन । गलत शिक्षण प्रणाली र हिंसाग्रस्त समाजमा हुर्कनुपर्दा कतिपय तन्नेरी अभिभावकबाट टाढिने, पश्चिमी संस्कारलाई सर्वस्व ठान्न थालेपछि प्रेमालापमा आतुर देखिने, समाजप्रति असहिष्णु बन्ने गरेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन । अधिकांश युवा रोजगारीका लागि विदेश पलायन भएसँगै मुलुकको कृषि क्षेत्र, कलकारखाना धाराशायी बनेको छ । विदेशबाट सिकेका ज्ञान, सीपको सदुपयोग मुलुकभित्र हुन थालेपछि उद्यमशीलताको झझल्को पाउन थालिएको छ । देशको माया भएका पौरखी युवाले सरकारी अड्डामा नोकरी पाएपछि दैनिक कार्यलाई गतिशील बनाएको, कतिपय तन्नेरीले मौलिक बाजागाजा, कला, संस्कृतिलाई लोप हुन नदिएको, सामाजिक सञ्जालमार्फत युवतीहरू पहिरन–प्रवर्द्धनमा तल्लीन देखिएको, युवा मधेसको परिवर्तनमा दत्तचित्त रहेको, नयाँ पुस्ताका सांसदले प्रत्येक बैठकलाई महत्त्व दिँदै तर्कसंगत प्रस्तुतिमा पछि नपरेको सन्दर्भ सकारात्मक छन् । यद्यपि नेपोलियन, सिद्धार्थ गौतम, कार्ल मार्क्स, पृथ्वीनारायण शाहजस्ताले युगान्तकारी सोच, गतिविधि प्रदर्शन गर्दाको सन्दर्भविपरीत अहिले कतिपय युवा समृद्धिको चिन्तन मननभन्दा नेताको लहैलहैमा लाग्ने, पैसाको बलमा सांसद बन्न खोज्ने, सामाजिक जीवनको मर्म बिर्संदै साहित्यकार बन्न दौड लगाउने विषय निराशाजनक देखिन्छन् । भारतको विहारस्थित विश्वकै पुरानो नालन्दा विश्वविद्यालयको योगदान अतुलनीय बनिरहँदा नेपालमा यस्ता प्राज्ञिक स्थलमाथि विध्वंस मच्चिरहनुले मुलुकको भविष्य अन्योलग्रस्त बनेको तर्क यथार्थपरक छ । सत्ताधारीसमेतले विश्वविद्यालयहरूलाई थला पारेको अवस्थामा युवाको सामूहिक प्रयासबाट यिनीहरूको प्रवर्द्धन हुन सके मात्र जनताको भलो हुनेछ ।
–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?