कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बिल्ला लाग्ला

कान्तिपुर संवाददाता

काठमाडौँ — डा.गोविनद केसी र जीवन क्षत्रीको ‘दण्डहीनताको दलदल’ मा उनीहरूका विचार सही भए पनि यसले दुवै लेखकप्रति कांग्रेसी भएको बिल्ला सत्तरूढ दलले लगाउनेछ ।

डा. केसीको अन्तिम अनशनमा यही बिल्ला भिराएर सरकारले उनको माग नमानेको धेरै दिन भएको छैन । लेखकद्वयले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको विकल्प नै खोजी गरेका छन् । नेकपा पार्टीमा लोकतान्त्रिक सत्ता सम्हाल्न कोही इमानदार छैनन् । सबै ओली र प्रचण्डका छाया मात्र छन् । विश्वसनीयताको गहिरो समस्या छ । लोकतन्त्रको अस्थिपञ्जर मात्र खडा छ । त्यसलाई हृष्टपुष्ट बनाउनै बाँकी छ । लोकतन्त्र आए पनि पार्टीभित्र राजतन्त्र कायम छ । संवैधानिक अंगहरू कुनै स्वतन्त्र छैनन् । अख्तियार स्वयं घूसखोर भएको छ । इमानदार न्यायाधीशलाई महाअभियोगको प्रस्ताव गर्ने यो मुलुक । पानीजहाज, रेल र मोनोरेलको सपनामा बेरोजगारी बढेको पत्तै छैन । खाडीको गर्मीमा काम गर्ने नेपालीका लास आउन बन्द भएको छैन । जनताको कर र रेमिट्यान्सबाट केही नेता मात्र मोटाएका छन् । यसैकारण नेतृत्वको विकल्प खोजी हुन थालेको हो ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?