१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मधेसमा छोरीको सकस

कान्तिपुर संवाददाता

काठमाडौँ — सुष्मा तिवारी द्विवेदीद्वारा सम्प्रेषित आलेखमा मधेसमा छोरीप्रति गरिएको लैंगिक विभेद देखिन्छ ।

मधेसमा छोरीको सकस

म पहाडी समुदायको भए पनि मधेसको रहनसहन र परिवेशमा हुर्केको पुरुष भएकाले मधेसमा छोरी जन्मिएपछिको सकसलाई नजिकबाट हेरेको र बुझेको छु । दाइजो प्रथाको अभिशापले गर्दा भ्रूण पहिचान गरी गर्भमै भ्रूण हत्या गरी छोरालाई मात्र प्राथमिकता दिनु र अर्काको घरमा चुलाचौका गर्ने जाति ठानी सामान्य लेखपढ मात्र गराउनु मधेसी समाजको संकीर्ण सोच हो । अझ प्रसूति गराउन अस्पताल लग्छन् र त्यहाँ छोरीको जन्म भए बच्चाकी आमालाई हेर्ने सोच र गर्ने व्यवहारै फरक हुन्छ ।


कतिपयका त छोरी जन्मेपछि श्रीमान्, सासू, ससुरा सुटुक्क अस्पतालबाट भाग्ने गरेका छन् । त्यसकारण मधेसी समाजमा सर्वप्रथम कुण्ठित सोचलाई बदल्नुपर्छ । सोच परिर्वतन गर्न दाइजोप्रथा, बालविवाह, महिला हिंसालाई निरुत्साहित गर्न महिलाहरू नै सक्रिय हुनुपर्छ । जति पनि महिला हिंसाका घटना वा उत्पीडन सार्वजनिक भएका छन्, तिनको मुख्य दोषी नै महिला हुने गरेका छन् । दाइजो, बालविवाह तथा बोक्सी प्रथामा महिलाको सक्रिय सहभागिता हुनाले सर्वप्रथम महिलाको सोचमै परिर्वतन गर्नुपर्छ अनि मात्र समाज परिर्वतन हुन्छ । यही समस्यालाई नजिकबाट केलाउँदै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरेका छन् । छोरी जन्मिएपछि १ लाखको बिमा गर्ने कार्यक्रम घोषणा गरेका छन् । यो अभियान लैंगिक विभेदविरुद्ध मधेसी समाजलाई चोटिलो जवाफ हो तर अभियानसँगसँगै समाज परिर्वतन गर्न महिलालाई सामाजिक अभियान्ताका रूपमा गाउँगाउँमा परिचालन गर्नु आवश्यक छ ।
– प्रमोद पौडेल, वीरगन्ज–११, श्रीपुर

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?