१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपाली विद्यार्थीमा अन्योल

कान्तिपुर संवाददाता

काठमाडौँ — उच्चशिक्षा हासिल गर्नका लागि अस्ट्रेलिया गएका लगभग १२ सय विद्यार्थीमा अन्योल छाएको छ  । अस्ट्रेलियन सरकारले आईबीटीको दर्ता खारेज गरिदिएपछि त्यहाँ पढ्ने विद्यार्थीहरू समस्यामा परेका हुन्  ।

विदेश पढ्न जाने भन्दैमा हावा तालमा दौडिँदा समस्या परेको देखिन्छ । विद्यार्थीहरूले पनि विचार गर्नुपर्थ्यो, आफू पढ्न जाने कलेज कस्तो छ ? त्यहाँ पढेपछि कस्ता–कस्ता अवसर मिल्छन् ? त्यो कलेज सरकारी मातहतमा दर्ता छ कि छैन ? त्यहाँको सर्टिफिकेटको मान्यता छ/छैन ? कन्सलटेन्सीले पनि विद्यार्थीहरूलाई राम्रो सल्लाह दिनुभन्दा पनि कसरी पैसा कमाउन सकिन्छ भन्नेतिर लाग्यो । सीवई आउनुभन्दा अगाडि त्यो कलेजबारे कन्सलटेन्सीलाई राम्रो जनाकारी हुन्छ । किन दर्ता नै नभएको कलेजमा तिमीहरू पढ्न जाउ भनेर कन्सलटेन्सीहरूले पठाए ? यस्तो गैरजिम्मेवार काम गर्ने कन्सलटेन्सीलाई सरकारले कडा कारबाही गर्नुपर्छ । यसभन्दा अघि पनि लन्डन पढ्न गएका विद्यार्थीलाई यो समस्या नपरेको होइन । त्यतिबेला नै नियमन कडा गरेको भए सायद आज यस्तो अवस्था आउने थिएन । खाइ–नखाइ लाखौंलाख पैसा ऋण गरेर विदेश पढ्न गएका विद्यार्थीको भविष्यमा पटक–पटक यसरी खेलवाड गर्नेलाई कारबाही होस् । कतिपय विद्यार्थीहरूको भिसा सकिन लागेको छ भन्ने खबर पनि बाहिर आएको छ । सरकारले कसरी हुन्छ, के गरेर हुन्छ ? ती विपद्मा परेका विद्यार्थीहरूको समस्या हल गर्न लाग्नुपर्छ । नेपालमा अभिभावकहरू छटपटिरहेका छन् । उता विद्यार्थीहरू छटपटिरहेका छन् । आफ्नो नागरिक विदेशमा गएर अलपत्र पर्छन् भने तिनीहरूको उद्धार गर्ने काम राज्यको दायित्व हो । एउटा मानवताको हिसाबले पनि अष्ट्रेलियन सरकारले पनि नेपाली विद्यार्थीलाई सहयोग गरोस् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?