कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कार्बन सोस्ने रुखैरुख

कान्तिपुर संवाददाता

काठमाडौँ — हालैको एक अनुसन्धानअनुसार पृथ्वीको खाली भूभाग तथा उजाड क्षेत्रमा अझै १.२ ट्रलियन रुख रोप्ने खुला जमिन छ  । यस्ले दसौं वर्षदेखिको कार्बन उत्सर्जनलाई सोस्न सक्ने अनुसन्धानको दाबी छ  ।

अनुसन्धानकर्ता थोमस क्राउथरको टोलीले गरेको अनुसन्धानले ग्लोबल वार्मिङको कारण उच्च उत्तरी भाग आर्कटिक अनि सब–आर्कटिक क्षेत्रमा उच्च कार्वन उत्सर्जन भैरहेको पत्ता लगाएको थियो । ग्लोवल वार्मिङ यही रूपमा रहिरहे २०५० सम्ममा ५० गिगाटन कार्बन जमिनको माथिल्लो सतहबाट वायुमण्डलमा छरिनेछ । जस्ले मौसम परिवर्तनको प्रवेग थप १७५ ले बढ्ने अध्ययनले देखाएको छ ।पृथ्वीका हरेक भुभागबाट हजारौ माटोका नमुनालाई स्याटेलाइट डाटासँगै अध्ययन गर्दा सतह मुनिको कार्बन भण्डारणबारे अध्ययन भएको हो । साथै १२ लाख क्षेत्रबाट भएको प्रत्यक्ष अबलोकन र स्याटेलाइट डाटा अध्ययन गर्दा हाल संसारभर ३ ट्रलियन रुख रहेको पत्ता लागेको छ, जुन नासाको पछिल्लो अध्ययन भन्दा ७ गुणा बढी हो । ३ ट्रलियन रुखले ४०० गिगाटन कार्वन भण्डारण गर्नेमा यदि हामीले ती खाली, उराठ जमिनमा अर्को एक ट्रलियन रुख रोपिदिएमा यस्ले सयौं गिगाटन कार्बन भण्डारण गर्न सक्छ । यस्ले दशौ वर्षको मानव कार्बन उत्सर्जन सोसिदिन सक्नेछ ।
– सौगात बोलखे, त्रिचन्द्र कलेज, काठमाडौं

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?