कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरदैलोमा सरकार पुग्यो त ?

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचन भएको दुई वर्ष हुन लागिसक्यो  । निर्वाचित जनप्रतिनिधिहरूले आ– आफ्ना वडामा सिंहदरबारको सरकार रहेको महसुस गराउने क्रममा महत्त्वपूर्ण कार्य गर्न र गर्नेतर्फ आवश्यकता पर्ने सिर्जनशील कार्य गर्न सक्नुपर्थ्यो  ।

जसरी आ–आफ्नो वडाका मतदाताको विवरण हुन्छ, त्यस्तैगरी आ–आफ्नो वडामा अवस्थित चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने हुन्छ । त्यसकारण प्रत्येक वडाले भौतिक क्षेत्र, जनसंख्या, शिक्षा, स्वास्थ, कृषि, जलस्रोत यातायात, ऊर्जा, उद्योग तथा रोजगारी र बेरोजगारीका साथै अन्य सबैको विस्तृत विवरण तयार पारी आवश्यक भएको प्राथमिकताकसाथ विकास र निर्माण गर्न योजना तयार पारी वडामा विकास गर्न सजिलो हुन्छ । जनताले यसको नतिजा पनि सहजतासाथ पाउँदा जनप्रतिनिधिहरूको कार्य जनताले महसुस गर्छन् । वडामै सिंहदरबार आएको महसुस हुन्छ । इमानदारीपूर्वक काम गर्न उत्साह बढ्दै जाँदा समयमा नै कार्यान्वयन हुन्छ । अनि जनता जनार्दनलाई झमेलामा फँसिरहनु पनि नपर्ने स्थानीय सरकार आफ्नै घरदैलोमा आएको महसुस पनि हुने । यस्तो काममा जनप्रतिनिधिहरूको ध्यान जानुपर्छ ।
– बलराम थापा, क्षेत्रपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?