कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धुपौरेको रजाइँ

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वर्गजस्तो हाम्रो देशमा के के मात्रै हुन लाको
विकृति र भ्रष्टबारे खै हाम्ले बोल्न पाको
यै दिन देख्न होइन हाम्ले राणा अनि राजा फाल्या
गाँस काटी कर तिरी होइन हाम्ले भ्रष्टाचारी पाल्या

पढ्ने लेख्ने होनाहार अस्ट्रेलिया र अमेरिका भन्चन्
रेमिट्यान्स बढ्यो भन्दै नेता औंला भाँची गन्चन्
कम पढेका युवा सबै खाडी, कतार मलेसिया गए
बुढाबुढी, भ्रष्ट अनि बिनाकामका नेता मात्रै देशभित्र हुने भए

छलछाम र तिकडममा यिनको आधा दिन गाछ
त्यै कुकृत्यको ढाकछोपमा बाँकी आधा दिन लाछ
देशको विकास, समृद्धिमा यिनको मन हुन्थ्यो भने
सुनको थालमा भिक्षा माग्दै किन हिंड्नुपर्थ्यो हामी

कानुनभन्दा माथि भए भ्रष्ट अनि हाम्रा नेता
धुपौरे नि कस्ता होलान् यिनलाई मान्ने
आफ्ना पिता
टन्न खायो टन्टै साफ दियो राजीनामा
हल्ला गर्ने विरोधीको भर्द्यो इस्टकोट
र जामा
– रामहरि खड्का, हेटौंडा, सानोपोखरा

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?