२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मजदुरको सुरक्षा सवाल

कान्तिपुर संवाददाता

काठमाडौँ — वीर अस्पतालको सर्जिकल भवन निर्माणमा खटिएका दुई कामदारले ठेकेदारको लापरबाहीका कारण ज्यान गुमाउन पुगेका छन्  । बिहीबार बेलुका करिब ७ः३० बजे लिफ्ट ओभरलोड हुँदा लिफ्टको तार चुँडिई ४ तला माथिबाट खसेर सप्तरीका कमदारको कलिलै उमेरमा निधन हुन पुग्यो  ।

यस खबरले निर्माणाधीन भवनमा कार्यरत कामदारहरूले सुरक्षाबारे आवश्यक तालिम लिएर मात्र काम गर्नुपर्ने देखिन्छ । निर्माण व्यवसायीहरूले कामदारलाई सुरक्षासम्बन्धी विशेष तालिम दिएर मात्र काममा खटाउनुपर्छ । निर्माण क्रममा प्रयोग हुने यन्त्रहरूको भारवहन क्षमता सञ्चालन तरिका सिकाउनुपर्छ । गरिबीले पिल्सिएका मजदुरहरू जोखिम मोलेर काम गर्ने हुनाले बिमा, औषधि उपचार खर्चको व्यवस्था निर्माण व्यवसायीले मिलाउनुपर्छ । सुरक्षासम्बन्धी ऐनकानुन व्यवहारमा लागू गर्नु अपरिहार्य छ । वीर अस्पतालको सर्जिकल भवनको ठेक्का लिएको शर्मा एन्ड शर्मा कम्पनीले निधन भएकालाई उचित क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च बेहोर्नुपर्छ ।
–एचपी अधिकारी, रत्ननगर नपा–१६, चितवन

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?