क्रान्तिनायक त्रिभुवन कि बीपी ?

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन ११ गते २००७ सालको क्रान्तिलाई केन्द्रमा राखेर अभि सुवेदीले आफ्ना विचार प्रस्तुत गर्नुभएको रहेछ  । त्यो क्रान्तिको नायक बीपी कोइरालालाई मान्नुभएको हुनाले केही तथ्य लेखकसँग राख्न चाहन्छु  ।

त्यो भनिएको क्रान्ति बीपीको दल वा कांग्रेसको तर्फबाट भएको हो कि त्यसको आधारशिला प्रजापरिषद् र राजा त्रिभुवनको भूमिकाले तयार पारेको थियो ? विश्वमा कुनै एक राजाको उदाहरण लेखकले दिन सक्नुहुन्छ आफू नै राजा भएको मुलुकमा राजा नै कुनै दलको सदस्य भएको ? पछि गणेशमान सिंह पनि प्रजापरिषद्को सदस्य भएकाले उनलाई पनि राणा सरकारले जेलमा राख्यो तर उनी भाग्न सफल भए । २००७ साल कात्तिक अन्त्यमा राजा त्रिभुवन परिवारसाथ प्रजातन्त्रको स्थापना निम्ति भारतीय दूतावासमा शरण लिएर भारत पुग्दा त्यहाँ छरिएर रहेका राणाविरोधीहरूलाई एकीकृत गरी २००७ सालको क्रान्ति सुरु गरिएको सत्य किन पचाउन सकिन्न ?
–डिल्लीराम खनाल, दमक, झापा

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?