१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेरो अभिव्यक्ति होइन

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरमा प्रकाशित ‘भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवा’ समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ  । मैले माननीय मन्त्रीज्यूसमेतको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्क्रालयमा आयोजित बिदाइ कार्यत्रममा राष्ट्रसेवकका रूपमा मलाई सरकारले जुन जिम्मेवारी प्रदान गर्छ, त्यसलाई सहर्ष निर्वाह गर्नुपर्छ भन्ने मान्यता अभिव्यक्त गरेको थिएँ  ।

यसप्रति म जहिले पनि दृढ रहन्छु । यस मन्क्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने त्रममा राष्ट्रिय गौरवका आयोजनामा भएको प्रगतिप्रति सन्तोष र गर्व महसुस गरेको छु । आसन्न साफ गेम्सको पूर्वसन्ध्यामा मैले युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी प्राप्त गरेकामा यसलाई एक विशेष अवसर तथा अहम् जिम्मेवारीका रूपमा लिएको छु । बिजुली बसको सन्दर्भमा मलाई कहीँकतैबाट कुनै प्रकारको दबाब नभएको र बिजुली बस नेपालको सन्दर्भमा उपयुक्त सवारीसाधन भएको यथार्थ पुनः दोहोर्‍याउँदै प्रकाशित समाचारमा मेरो आशय वा अभिव्यक्तिको प्रतिनिधित्व नभएको स्पष्ट पार्न चाहन्छु ।
–कृष्णप्रसाद देवकोटा, सचिव, युवा तथा खेलकुद मन्त्रालय, काठमाडौं

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?