१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एनसेल आक्रमण: पुँजीवाद ?

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन १२ गते प्रकाशित ‘एनसेल टावरमा विस्फोट र आगजनी सुरक्षा चुनौती’ समाचारले दुःखी बनायो  ।

राजधानीको ललितपुर लगायत बागलुङ, रौतहट, कास्की, काभ्रे, रूपन्देही, पूर्व नवलपरासी, कञ्चनपुर, म्याग्दी, अछाम १० जिल्लाका एनसेल टावरमा एकैदिन बम विस्फोट र आगजनीले गृह प्रशासनमाथि चुनौती थपिएको छ । ललितपुर, नख्खुस्थित एनसेल कार्यालयमा गराइएको विस्फोटमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भई उपचाररत छन् । काठमाडौंकै कमलपोखरीमा पनि बम भेटिएको र ‘डिस्पोज’ गरिएको छ । तर सरकारले यो घटना विप्लव नेतृत्वको माओवादीले गराएको अनुमान र घटनामा संलग्न भएको आशंकामा राजधानीबाट ६ जना र अन्य जिल्लाका २२ जनालाई पक्राउ गरे पनि खास कुन समूहले आक्रमण गरेको हो, यकिन भने गर्नसकेको देखिन्न । घटनापछि गृहमन्त्री र प्रहरी महानिरीक्षक नख्खु पुगेर दुःख व्यक्त गरेछन् र दोषीलाई पहिचान गरी कानुनको कठघरामा ल्याउने बताएका छन् ।


नागरिकको ज्यानै जानेगरी सञ्चार माध्यममा अग्रणी भूमिका खेल्ने टेलिफोन सेवाप्रदायक एनसेलको सरकारसंँगको कारोबार आफ्नो ठाउँमा राखी कम्पनीका टावर तथा कार्यालयमै विस्फोट र आगजनी गराउन सफल हुनुले राज्यको शान्ति सुरक्षा कत्तिको सबल छ भन्ने प्रमाणित भइसकेको छ ।


शान्ति सुरक्षा व्यवस्था बलियो र स्फुर्त भएको भनी गृहमन्त्रीले संसदमा दिएको भाषण लगत्तै भएको यो घटनामा सरकारले उच्च निगरानी र सतर्कता बढाएको, सुरक्षाकर्मीका सबै अंगबाट अनुसन्धान थालिएको र अपराधी छिट्टै पत्ता लाग्नेगरी विश्वस्त पार्न खोजिए पनि निर्मला पन्तको बलात्कार र हत्या प्रकरण, विभिन्न जिल्लामा हुँदै आएका आपराधिक घटनाबाट सरकारको सुरक्षा राम्ररी बुझिसकेका छन् । केही दिनपछि गृहमन्क्रीले एनसेलमाथिको आत्रमण पनि पुँजीवादका कारणले भएको भाषण गर्न के बेर ?
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : फाल्गुन १५, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?