१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेडिकल कलेजको कर्तुत !

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन १५ गते प्रकाशित ‘१० लाख बढी असुल्दै मेडिकल कलेज’ समाचारले दुःखी तुल्यायो  । पोखरास्थित गण्डकी मेडिकल कलेजले सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने गरेको रहेछ  ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एउटै विद्यार्थीबाट तोकेको शुल्कभन्दा १० लाख बढी असुल्ने गरेको रहेछ । एउटै कोर्स अध्ययन गर्ने विद्यार्थीबाट फरक–फरक रकम असुल्ने गरेको देखिन्छ । सरकारले काठमाडौंबाहिर एमबीबीएस कोर्स अध्ययन गर्न ४२ लाख ५० हजार रुपैयाँ मात्र (५० र २५/२५ प्रतिशतका दरले) ३ किस्तामा तिर्न पाउने व्यवस्था गर्दागर्दै तोकिएको एकमुष्ट रकमभन्दा १४ लाखसम्म बढी असुल्ने किन ? पहिलो किस्तामै ३५ लाखसम्म तिराउने, इन्टर्नसिप, खेलकुद, सुरक्षा शुल्क भनी छुट्टै शीर्षक राखी बिलबिना २ देखि ३ लाखसम्म बढी रकम उठाउने गरेको पाइयो । ३/३ महिनामा ७५ हजारका दरले असुल गरेकाले विद्यार्थीले कास्की जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको महिना दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएपछि चिकित्साशास्त्र अध्ययन संस्थान, डिन कार्यालय, काठमाडौं आई उजुरी दिन बाध्य भएका छन् । सरकारले तोकिएभन्दा बढी रकम असुल गरेका संस्थानलाई स्थानीय प्रशासनबाट छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ तर कास्की जिल्ला प्रशासनले भने मन्त्रिपरिषद्को निर्णय स्पष्ट नभएको बताएको छ । के अवैध काम गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न मन्त्रिपरिषद्को निर्णय चाहिन्छ र ?
–गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?