कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नचाहिँदो भारीले थिचिँदै जनता

काठमाडौँ — साधारण खर्चबाट अब मुलुकभित्र राम्रो शिक्षा र औषधोपचार नहुने यथार्थ छर्लङ्ग छ  ।

बिरामी परेपछि निजी अस्पतालबाट कल्पनै गर्न नसकिने गरी ठगिने, बिरामीले थलिएका, असहाय एवं दुर्घटनाबाट मरणासन्न अवस्थामा पुगेकाप्रति मानवीय संवेदना देखाउनुको साटो सिकारमाथि बाघले झम्टेजस्तो ङ्याकेर बिचौलिया, दलालहरूले महँगा र कमिसन पाइने ठाउँमा पुर्‍याउने दुष्प्रवृत्ति स्वास्थ्य क्षेत्रका कुरूप परिदृश्य हुन् । आफ्नो श्रीसम्पत्ति सकेर केटाकेटीलाई राम्रो शिक्षा दिन लालायित अभिभावकको सास्ती वर्णन गरेर साध्य छैन । गाउँमा राम्रो पढाइ नहुने ठान्दै खेतीपाती छाडेर सहर पस्ने क्रम बढेपछि गाउँघर सुनसान हुँदै छन् । केही जिल्लाले ‘बुहारी फर्काऊ’ अभियानसम्म थालेको सन्दर्भलाई शिक्षासँग जोडिएको सामाजिक स्खलन भन्नुपर्ने हुन्छ ।


विश्व बैंकको सन् २०१५ को तथ्यांक अनुसार औसतमा प्रत्येक नेपालीले स्वास्थ्य र शिक्षातर्फ हुने खर्चमध्ये आफ्नो खल्तीबाट क्रमशः ६०.४१ र ५७ प्रतिशत तिर्नुपरेको कहालीलाग्दो अवस्था छ । यो विश्वको औसत अंकभन्दा झन्डै एकतिहाइ कम हो । अधिकांश विकसित र विकासशील मुलुकमा शिक्षा, स्वास्थ्य राज्यको मातहतमा रहने र मुलुकभर माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने गरेको पाइन्छ । हामीकहाँ भने प्रत्येक परिवारले यी कुरामा सधैं चिन्तित रहनुपर्छ । शैक्षिक कर्जाबाट उठ्न नसक्ने, उपचार खर्चमा घरबार सकिने, कंगाल बन्ने भयावह अवस्था छ । साम्यवाद र समाजवादको नाराले सार्थकता पाउन अझै कति समय लाग्ला ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र १, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?