कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिकलसेलको उपचार सम्भव

काठमाडौँ — थारु समुदायलाई मात्र लाग्ने गरेको सिकलसेल रोग इतर समुदायको एकै परिवारका चार जनामा देखिएको खबर डरलाग्दो छ  । कैलाली, कञ्चनपुर, बाँके र बर्दियामा घना थारु बस्ती छन्  ।

त्यहाँका अरू बासिन्दा पनि यो रोगको सम्झावित आक्रमणबाट त्रस्त छन् । सिकलसेल रोग रत्तअल्पता सम्बन्धी समस्या हो र यसको उपचार सम्भव छ । तर यसका लागि समयमै परीक्षण र पहिचान हुनु अत्यावश्यक छ । काठमाडौँको टेकुस्थित केन्द्रीय प्रयोगशाला, नेपालगन्जस्थित भेरी अस्पताल र धनगढीमा रहेको सेती अस्पतालमा मात्र सिकलसेल परीक्षणको सुविधा छ । यसले गर्दा ग्रामीण भेगका थारु महिला–पुरुष यसबाट लाभान्वित हुनसकेका छैनन् । एक पुस्ताबाट अर्को पुस्तामा सर्ने, समयमा उपचार हुन नसक्दा ज्यान जानसक्ने डरलाग्दो सिकलसेल उन्मूलन गर्न ढिलो भइसकेको छ । लक्षित समुदायको प्रत्येक घरबाट रक्त संकलन गरी परीक्षण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुगोस् ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र ४, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?