कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकीकृत बस्ती स्वागतयोग्य

काठमाडौँ — एकीकृत बस्ती निर्माणका लागि प्रदेश ३ सरकारले २१ करोड रूपियाँ विनियोजन गरेको समाचारले खुसी तुल्यायो  । यसले अब विपन्न र लोपोन्मुख समुदायको संरक्षण हुने आशा पलाएको छ  ।

विशेषगरी फहाडी जिल्लाहरूमा गर्न लागिएको एकीकृत बस्ती विकास कार्यक्रम स्वागतयोग्य छ । यो कार्यत्रमका कारण सरकारलाई विकासका पूर्वाधारहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात लगायत विभिन्न क्षेत्रमा लगानी गर्न सजिलो हुन्छ । साथै एकीकृत बस्तीमा बस्ने सबैले समान सेवासुविधा उपयोग गर्न पाउँछन् । सुरक्षा लिनदिन पनि सहज हुन्छ । सरकारले नै जग्गा उपलब्ध गराई बस्ती विस्तार गर्ने हुनाले अनि बाढीपहिरो, भूकम्पीय जोखिम कम हुने क्षेत्रहरूको भौगोलिक परीक्षण पश्चातमात्र बस्ती बस्नाले त्यस क्षेत्रमा प्राकृतिक खतरा पनि न्युन हुन्छ । अन्य पहाडी जिल्लाहरूमा पनि एकीकृत बस्ती विस्तारलाई तीनै तहका सरकारले पहिलो प्राथमिकता दिई राज्यको लगानीलाई बढीभन्दा बढी सदुपयोग गर्नुपर्छ । यस्ता योजनाहरू कागजमा मात्र सीमित नगरी कार्यान्वयनमा जोड दिनु अत्यावश्यक छ ।
– एचपी अधिकारी, रत्ननगर–१५, चितवन

प्रकाशित : चैत्र ४, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?