१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वाग्मतीलाई माया गरौं

काठमाडौँ — हिन्दू धर्मावलम्बीका लागि वाग्मती सफाइ आन्दोलन निश्चय नै सराहनीय छ  । कुनै बेलाको साँच्चैको वाग्मती आँखैअघि कुरूप भएको देख्दा कसको मन कुँडिंँदैन होला र ? मलाई हमेसा पचास वर्षअघि तिलगंगानेर वाग्मती बाँधमा नुहाएको र त्यही नदीको पानी खाएको याद आउँछ  ।

केही वर्षयता सफाइ अभियान चलिरहेको छ । तर, वर्षौं बित्दा पनि वाग्मती पूर्ण रूपले नदी जस्तो बन्न सकेको छैन । निरन्तरको प्रयासका कारण नदीभित्रका फोहोर केही मात्रामा हटे नै, तर नदीमा मिसाइएको ढलबाट आएको फोहोरले गर्दा सफाइ सोचे अनुरूपमा हुन सकेको छैन । नदीमा ढल पर्न नदिन, दुर्गन्धित मलजल रोक्न कि त्यो ढल मिसाउने निकायलाई जिम्मेवार बनाउनुपर्‍यो, कि त ती निकायहरू र ढल मिसाइएको स्थानका बासिन्दाले दह्रो प्रतिकार गर्नुपर्‍यो । अन्यथा साप्ताहिक सफाइ अभियान जति वर्ष लम्ब्याए पनि वाग्मतीलाई शत प्रतिशत निर्मल बनाउन सकिन्न । वाग्मतीमा ढल मिसाउनेलाई कानुनी रूपमै ढल प्रशोधन उपकरण राख्न बाध्य नबनाएसम्म वाग्मती सफा नहोला ।
– डा. सुमनकुमार रेग्मी, कुपन्डोल, ललितपुर

प्रकाशित : चैत्र ४, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?