कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाउपडी प्रथामाथि प्रहार

काठमाडौँ — परापूर्व कालदेखि कर्णाली प्रदेश र प्रदेश ७ का अधिकांश जिल्लामा प्रचलित छाउपडी प्रथामाथि यतिबेला चारैतिरबाट अरिंगालको गोलोझैं खनिने काम बढिरहेको छ  । आफूले गर्दै आएको काम राम्रो, अरूको प्रथा कामै नलाग्ने भन्ने अहंकार व्याप्त भएको छ  ।

साधना प्रतीक्षाद्वारा रचित ‘छाउपडी उन्मूलन मुख्य कार्यसूची’ लेखमा पनि समस्या समाधानभन्दा आलोचना बढी रहेको पाइन्छ । यदाकदा छाउगोठमा निसास्सिएर मृत्यु हुने गरेको सन्दर्भर् हाहाकार मच्चाउने विषय बन्न सक्दैन । ठूलठूला होटलमा बस्ने शिक्षित व्यक्तिदेखि जाडोको समय तराई क्षेत्रमा घुर ताप्ने कतिपयको सोही कारणले ज्यान जाने गर्छ । धर्म, रीतिरिवाज, मान्यता, संस्कार, महिलाको विश्वास, मनोविज्ञानको ख्यालै नगरी छाउगोठ धमाधम भत्काएर चलिआएको प्रथा समाप्त गर्न खोज्नु, संसद्मा थपडी बजाएर छाउपडी अन्त्य भएको घोषणा गर्नु दुवै हास्यास्पद सावित भएका छन् ।


छाउगोठ भत्काए पनि त्यसैको छेउछाउमा महिनावारी बार्न महिला संलग्न रहनुले लट्ठी देखाएको र हुंकार मच्चाएको भरमा संस्कार मास्न सकिँंदैन भन्ने थाहा हुन्छ । उक्त क्षेत्रका पढेलेखेका शिक्षिका, सांसद एवं उच्च वर्गका महिलाले पनि छाउप्रथा छाडेको पाइँदैन । के यो प्रचलन बार्नै पर्दैन त ? ईश्वरीय आस्थामा अटल रहेर मान्दै आएको प्रथालाई निकृष्ठ ठान्दै धावा बोलिरहन पाइन्छ ? महिनावारी हुँदा मुलुकभरका महिला ४ दिनसम्म छुवाछूत नगरी अलग बस्ने गर्दैनन् र ? रजस्वला हुँदा कतिपय अवस्थामा बढी रक्तस्राव हुने, असह्य हुनेगरी पेट दुख्ने, लामो समयसम्म आरामको आवश्यकता पर्ने विषयलाई नकार्न हुन्छ र ? यावत् कुराको लेखाजोखा गर्दा त्यो क्षेत्रको प्रथामाथि टेढो आँखा लगाइरहनुभन्दा पनि एकान्तबासको महत्त्व, छाउगोठको व्यवस्थापन, व्यक्तिगत सरसफाइ एवं चेतना अभिवृद्धिका कार्यक्रम अघि बढाएर स्वाभाविक शारीरिक प्रक्रियाको महत्त्वलाई उचाइमा पुर्‍याउनु आवश्यक देखिन्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र ९, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?