कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विदेशी लगानीको वातावरण

काठमाडौँ — विदेशीलाई नेपालमा लगानी गर्न सरकारले यो साता काठमाडौंमा लगानी सम्मेलन गर्दै छ  । स्वदेशमा लगानी गर्ने आह्वानसाथ सुरु हुन लागेको सम्मेलनमा छिमेकी मुलुक चीन, भारत, मलेसियालगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहनेछ  ।

नेपाल आएर लगानी गर्नोस् भन्नुभन्दा पनि नेपालमा किन लगानी गर्ने ? नेपालमा लगानी गर्दा त्यसबाट फाइदा के के छन् ? लगानीको सुरक्षा कसरी हुन्छ ? सुरक्षा ग्यारेन्टी के हो जस्ता कुरा आफूले पहिला बुझ्नु र अरूलाई पनि बुझाउनु जरुरी छ । भएका सानाठूला उद्योग, कलकारखाना बन्द हुँदै गइरहेको र मजदुर हड्ताल सामान्यजस्तै भएको समयमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न भने सजिलो छैन । झन्झटिलो कानुनी प्रक्रिया, पट्यारलाग्दो कार्यशैलीले पनि विदेशी लगानीकर्तालाई आकषर््िात गर्न गाह्रो परिरहेको छ । स्वदेशी लगानीकर्ता नै पलायन हुँदै गइरहेको समयमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नु फलामको चिउरा चपाउनु सरह त छ नै विदेशी लगानीबाट प्राप्त नाफा कसरी डलरमा परिणत गरेर पठाउने भन्ने समस्या पनि यथावत् छ । मुलुकको अर्थव्यवस्थाको धड्कन नाप्ने यन्त्र भनेको सेयरबजार हो । अहिले सेयरबजार ओह्रालो लागेको छ । सेयरबजारमा गरिएको लगानी असुरक्षित बन्दै गएको स्वयम् लगानीकर्ता बताइरहेका मात्र छैनन्, आफ्नो सम्पत्ति सुरक्षाका लागि आन्दोलन नै गरिरहेका छन् । स्वदेशी लगानीकर्ता नै खुसी नभएका बेला विदेशी लगानीकर्तालाई खुसी बनाउनु ज्यादै कठिन काम हो । आन्तरिक समस्या हटाएर स्वदेशी लगानीकर्तालाइ खुसी बनाउन सके मात्र विदेशी लगानीकर्ताले लगानी गर्ने वातावरण बन्छ ।
–तिलप्रसाद न्यौपाने, माछापोखरीचोक, काठमाडौं

प्रकाशित : चैत्र १०, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?