त्रिविका चुनौती

काठमाडौँ — सबभन्दा पुरानो विश्वविद्यालयअन्तर्गत पर्छ त्रिभुवन विश्वविद्यालय  । २०१६ सालमा स्थापित त्रिविले जति गति लिनुपर्ने हो, लिन सकेको छैन  ।

यो राष्ट्रिय शैक्षिक धरोहर किन गतिहीन भइरहेछ ? सरकारमातहत चलेको यस विश्वविद्यालयले विगतमा विश्वसामु राम्रो छाप छाड्न नसकेको पनि होइन । पहिले राजा नै कुलपति रहने यस संस्थामा अहिले कार्यकारी प्रधानमन्त्री कुलपति रहन्छन् । यसको केन्द्रीय कार्यालय कीर्तिपुरमा छ । विभिन्न विषय अध्ययन, अध्यापन गराइने यो विश्वविद्यालय राजनीतिक चलखेल गर्ने राम्रो अखडा बनेको छ । नेताहरूले आफ्नो राजनीतिक स्वार्थका लागि युवा परिचालन केन्द्र बनाएकाले नै त्रिवि धराशायी बनेको हो । भौतिक सम्पत्तिको धनी त्रिविको सम्पत्तिमाथि धेरैले आँखा गाडेका छन् । जसले सक्छ, लुट्ने जमर्को गरेका छन् । कतिले हडपिसके । यो सार्वजनिक सम्पत्ति कसरी बचाउने र खस्कँदो शैक्षिक स्तर कसरी सुधार्ने हो, अबको त्रिविको चुनौती यही हो ।
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र १०, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?