२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

खर्चको स्रोत के ?

काठमाडौँ — पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल श्रीमतीको उपचारमा अमेरिका पुगेर भर्खरमात्र फर्केका छन्  । श्रीमती दाहालको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्छु  ।

खर्चको स्रोत के ?

मैले बुझेसम्म पूर्व प्रधानमन्त्रीहरू विदेश जाँदा सरकारलाई जानकारी गराउँछन् । दाहालको मामिलामा उनी सरकारको आधी अंशियार र नेकपाका आधी अध्यक्ष्य पनि हुन् । उनको अमेरिका भ्रमण र श्रीमतीको उपाचारबारे नेकपा दल र सरकार जिम्मेवार छ । प्रचण्ड सहित ३/४ जनाको अमेरिकाको हवाई भाडा, उताको बसाइ अनि उपचार खर्चको आर्थिक स्रोत के हो ? उनले जनतालाई दिएको सम्पत्ति विवरणमा २/३ तोला सुन र २/३ कट्ठा जमिन बाहेक केही छैन । उनले लगेको अमेरिकी डलर सटही सुविधा कसरी भयो ? अहिले अन्य नेपालीले डलर साट्नै धौधौ छ, बैंकले थोरै सटही सुविधा दिएको छ । उक्त उपचारमा भएको सम्पूर्ण खर्च सरकारको, अमेरिकी सहयोग वा अन्य कुनै व्यक्ति वा संस्थाको सहयोग वा दाहालकै निजी स्रोतबाट भएको हो ? यो आम नेपालीले जान्न पाउने कि नपाउने ? प्रचण्डले नैतिकता देखाउने हो भने र सरकार पारदर्शी हुने हो भने यस विषयमा यथार्थ सार्वजनिक गर्नु वेश हुन्छ ।
– प्रेमसिंह बस्न्यात, बाँसबारी, काठमाडौं

प्रकाशित : चैत्र १९, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?