कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आभार प्रकट

काठमाडौँ — कान्तिपुर दैनिकले आइतबार वीरगन्जका सिख समुदायले आफ्नो महान पर्व वैशाखी मनाएको समाचारलाई महत्त्वसाथ प्रकाशित गरिदिएकोमा सिख समुदाय आभारी छ  ।

यो समुदायले अझसम्म आफ्नो चाडपर्व, रीतिथिति, संस्कृति जोगाएर राख्ने सक्दो प्रयास गरेको छ । वीरगन्ज मात्र नभई राजधानी लगायत मेचीदेखि महाकालीसम्म यो समुदायको उपस्थिति छ ।
वैशाखी सिख समुदायको सबैभन्दा ठूलो पर्व हो । गुरुनानक जयन्ती र यो पर्वलाई सिख समुदायले बढी महत्त्वसाथ मनाउने चलन छ । ३२० वर्षअघि दसम पिता श्री गुरु गोविन्द सिंहजी महाराजले वैशाखी पर्वकै दिन सिख समुदाय तथा सिख पन्थलाई नयाँ रूप नयाँ नाम खालसा भनी प्रदान गर्नुभएको थियो । यस कारणले यस दिन र पर्वलाई खालसाको जन्मदिन पनि भन्ने गर्छौं । ५ सय ५० वर्षअघि सिख समुदायका प्रथम गुरु श्री गुरुनानक देवजी महाराजले अवतार लिएको र उनले सिख धर्मको प्रचार–प्रसार र एक ओंकारको मूलमन्त्र दिनुभएको थियो । त्यसैगरी सिख धर्मका दसम गुरु श्री गुरु गोविन्द सिंहजी महाराजले पनि यसै दिन ३२० वर्षअघि हिन्दु धर्मको रक्षाका लागि ‘पाँच प्यारे’ बनाएर त्यसै अनुसार हालको सिख पुरुष तथा महिलाहरू देखिने रूप दिनुभएको थियो । भारतमा मुस्लिम शासकहरू तथा औरंगजेवले हिन्दुहरूमाथि गरेको अत्याचार विरुद्ध लड्न सिख समुदायलाई यो नयाँ रूप दिएपछि त्यसै दिनबाट सिख (खालसा) पन्थको जग बसेको हो । आशा छ, यस लोकप्रिय दैनिकले आउँदा दिनमा मुलुकका बिभिन्न जातजाति, समुदाय र बिभिन्न धर्ममा आस्था राख्नेहरूको समाचारलाई महत्त्व दिनेछ ।
–सरदार जसपाल सिंह, श्रीपुर, वीरगन्ज

प्रकाशित : वैशाख ५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?