'विलम्ब शुल्कमा ब्याज लाग्दैन'

काठमाडौँ — २०७६ वैशाख २ गते प्रकाशित ‘मेडिकल कलेजमा ठगी, विलम्ब शुल्कमा चर्को व्याज’ समाचारप्रति काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेज, धुलिखेलको ध्यानाकर्षण भएको छ  । यस मेडिकल कलेजमा हालसम्म कुनै पनि विद्यार्थीले शुल्कका कारण परीक्षाबाट वञ्चित हुनुपरेको छैन  ।

इन्टर्नसिपमा फेल गराउने भन्ने सवालै रहँदैन । विलम्ब शुल्कमा व्याज उठाउने गरिएको छैन । विद्यार्थीहरूले समयमा शुल्क नतिरेमा विलम्ब शुल्क लाग्ने प्रावधान छ । तर विलम्ब शुल्कमा व्याज वा अन्य कुनै शुल्क लाग्दैन । अहिले विलम्ब शुल्क, बाँकी शुल्कको एक दिनको ०.०४१ प्रतिशत वा एक महिनाको १.२५ प्रतिशत र एक वर्षको १५ प्रतिशतमात्र बुझाए पुग्छ । कान्तिपुरले सत्य समाचार प्रकाशित गरिदिए यसको गरिमा अझै बढ्ने विश्वास गर्न सकिन्छ ।
–डा. रमेश माकजु, एसोसियट डिन, सीपी

प्रकाशित : वैशाख ५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?