कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

उपयुक्त विद्यालय चयन

प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावक र विद्यार्थी हतास देखिन्छन्  । अपेक्षाकृत नतिजा नआएपछि स्कुल परिवर्तन गर्न लालायित देखिन्छन्, अभिभावक  ।

नयाँ विद्यालयमा पनि समस्या दोहोरिइरहने, महँगा स्कुल चहार्दा–चहार्दा कतिपय परिवार आर्थिक संकटमा पर्ने गरेको यथार्थसँग हामी अनभिज्ञ छैनौं । महँगो शुल्क लिने विद्यालयसँग अभिभावक आकर्षित हुने गरेको पाइन्छ । जति महँगा विद्यालय रोजे पनि केटाकेटीमा देखिने मानसिक र शारीरिक समस्या बढिरहेको पाइन्छ । किताबको भारी, गृहकार्यको बोझ, सोचेजस्तो नतिजा नआउँदा अभिभावकको आक्रोश बढेको पाइन्छ । विद्यालय, साथी परिवर्तन भइरहँदा बालबालिका दिग्भ्रमित हुने स्थितिका कारण उनीहरू शिथिल हुँदै जान्छन् । प्रशासक, नेता, पत्रकार, वकिल, सामाजिक अभियन्ता बन्न सफल हुनेहरूमध्ये झन्डै ९० प्रतिशत सामुदायिक विद्यालयबाट उत्तीर्ण हुनेहरू नै छन् । यावत कुराको लेखाजोखा गरेर महँगा स्कुलतर्फ मात्र आकर्षित नहुने, विद्यालय परिवर्तन गरिरहने बानी हटाउने र केटाकेटीमाथि मानसिक, शारीरिक तनाव न्यून गर्नेतर्फ अभिभावकको ध्यान जानु जरुरी छ ।
–भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख ५, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?