वैदेशिक रोजगारमा शोषण

काठमाडौँ — स्वदेशमा काम गर्ने अवसर नभएपछि धेरै मानिस वैदेशिक रोजगारै गन्तव्य ठान्छन्  । धेरै मानिस वैदेशिक रोजगारमा जाँदा केहीको राम्रो भएको छ भने धेरैको बिजोग पनि भएको छ  ।

वैदेशिक रोजगारसम्बन्धी अज्ञानता र सम्बन्धित देशको भाषा अनि सम्बन्धित काममा दक्ष नहुँदा धेरैले विदेशमा साह्रै दुःख पाएका छन् । कतार, साउदी अरेबिया, इराक, लेबनान, सुडानलगायत खाडी मुलुकमा नेपाली दाजुभाइले दुःख पाउने गरेको समाचारमा सुनिन्छ । कान्तिपुरमा प्रकाशित ‘बसूँ तलब छैन, फर्कूं कागजात छैन’ पढ्दा झनै कता कता वैदेशिक रोजगारमा जाने अधिकांशको हालत कस्तो होला भन्ने लाग्यो । यिनलाई कहिलेसम्म उद्धार गरी नेपाल फर्काउने वातावरण तय हुन्छ ? कतारको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत नेपाली दाजुभाइले उक्त कम्पनीबाट आफ्नो पारिश्रमिक पाएका छैनन्, कसरी पाउने भन्ने पिरलोमा छन् । यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस् । मानिस जानेर होइन, बाध्यताले गर्दा मात्र विदेशी भूमिमा पसिना बगाउन बाध्य हुन्छ ।
–गोविन्द चापागाईं, कागेश्वोरी, मनोहरा, काठमाडौं

प्रकाशित : वैशाख ५, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?