कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कर्मचारी सरुवामा बेथिति

कर्मचारी कमसेकम २ वर्षसम्म एउटै कार्यालयमा बस्न पाए भने तिनले कार्यालयको कामबारे राम्रोसँंग बुझ्ने मौका पाउँंछन्  । आफूले सोचे अनुसार कार्य गर्न सक्छन्  ।

साधारणतया कर्मचारीलाई सुगम र दुर्गममा २/२ वर्ष राख्ने नीति बनाएको त्यही कारणले हो । तर एउटा मन्त्रालयमा एक वर्ष भित्रमा ३ देखि ६ जनासम्म सचिव आउने–जाने भएपछि ती सचिवले के बुझ्ने अनि कसरी काम गर्ने ? भ्रष्टाचार र बेरुजु बढ्नुमा यो पनि महत्त्वपूर्ण कारण हो । एउटा मन्त्रालयको प्रमुखलाई राम्रोसँंग बुझ्न पनि नदिइकन सरुवा गर्ने सोच कसरी मन्त्रिपरिषदले गरिरहेको छ ? राष्ट्रलाई लाभ पुर्‍याउनेभन्दा मन्त्रीलाई लाभ गराइदिने सचिव खोज्ने प्रवृत्ति रोकियोस् । सचिवको छिटोछिटो सरुवाले भ्रष्ट र रैथाने कर्मचारीलाई मात्र फाइदा पुगिरहेको हुन्छ । लेखामा काम गर्ने, सरुवा गर्ने फाँटमा बस्ने, प्रशासन या अदालतमा बसेर मुद्दा फाँट हेर्नेहरूले फाइदा लिएर भ्रष्टाचार गरिरहेका हुन्छन् । केही समय पहिला बिभिन्न कार्यालयका सुब्बाले करोडौं कमाएर अख्तियारको फन्दामा पर्नुले यसको पुष्टि हुन्छ । यसतर्फ प्रधानमन्त्री कार्यालयको ध्यान पुग्नुपर्छ ।

दुई तिहाइको स्थायी सरकारले किन कर्मचारीलाई भने अस्थायी बनाएर राष्ट्रलाई बेथितिमा पुर्‍याइरहेका छन् ? लाभका कार्यालय र पदमा बस्नेले वर्षौंदेखि हाकिमहरूको छिटोछिटो सरुवाबाट फाइदा लिइरहेका हुन्छन् । इमानदार कर्मचारी दुर्गमतर्फ दौडिरहेका हुन्छन् । जसका छोराछोरी सरकारी स्कुलमा पढ्न बाध्य छन् । सरकारले यसतर्फ राम्रोसँंग छानबिन गरी थिति बसाल्नुपर्छ । अन्यथा जतिसुकै भ्रष्टाचार र बेरुजु बढे पनि यो रोकिँदैन । बढिरहन्छ ।
– पूर्ण ओली, चावहिल, काठमाडौं

प्रकाशित : वैशाख ६, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?