कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोखिममा आदिवासी बस्ती

धेरै समयदेखि आफ्नै बनिबुतो गरी प्राकृतिक स्रोतहरूसित एकाकार हुँदै जीवन निर्वाह गर्ने समुदाय नै आदिवासी हुन्  । तिनीहरू आआफ्ना संस्कृति धानेर बसिरहेका हुन्छन्  ।

उनीहरूको जीवनस्तर त्यति उकासिएको पाइँदैन । शिक्षा, स्वास्थ्य र रोजगारका दृष्टिले यो समुदाय लगभग पिछडिएकै छन् । जोखिममा पनि छन् । काठमाडौं उपत्यका आसपास बसोबास गर्नेहरू भनौं वा काँठक्षेत्रका रैथाने तामाङ, बाहुन, क्षत्री र दलितहरूको अवस्था संकटमा छ । उनीहरूले सदियौंदेखि भोगचलन गर्दै आएको प्राकृतिक स्रोत तथा सार्वजनिक सम्पत्ति दोहनले गर्दा आदिवासीहरूको उठिबास हुने अवस्था सिर्जना भएको छ । विकास निर्माणका नाममा स्थानीय अवस्थितिलाई नजरअन्दाज गरेर केही मुट्ठीभर मानिसका इच्छा बमोजिम काम हुँदै आएका छन् ।

पानीका मुहान, धारा, कुवा, चौतारो, सार्वजनिक स्थल, राजकुलो, गुठी जग्गा, चिहान, धार्मिक एवं संस्कृतिक महत्त्वका ठाउँ भूमाफियाको कब्जामा परिरहेको छ । विकास निर्माण गर्दा वातावरण प्रभाव मूल्यांकन नगरिकन जथाभावी सडक बनाउने कार्य न जनताको हितमा छ, न त्यसको दीर्घकालीन उपयोग हुने अवस्था छ । खोलाबाट जथाभावी बालुवा, गिट्टी र ढुङ्गा उत्खननले भयावह स्थिति ननिम्त्याउला भन्न सकिन्न । भूमिको चक्लाबन्दी र खण्डीकरणले उत्पादकत्व ह्रास भएको छ । काठमाडौं वरिपरिका भीरपाखा, वनजंगल, कुलो, पैनी सबै तहस–नहस हुँदै छन् । यसको जोखिममा आदिवासीहरू परेका छन् । तिनको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न जरुरी छ । अन्यथा समाजमा विद्रोह नहोला भन्न सकिन्न ।
– भोला दुलाल, टोखा–१, काठमाडौं

प्रकाशित : वैशाख ६, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?