१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रहरीको लापरबाहीले ज्यान गयो

‘हिरासतमा बालकको मृत्यु’ समाचारले प्रहरीको अनुसन्धान प्रणालीमा प्रश्नचिन्ह खडा गरेको छ  । न्यायिक अनुसन्धान प्रणालीको मुख्य उद्देश्य पीडितलाई न्याय र पीडकलाई सजायको कठघरामा ल्याउनु हो  ।

प्रहरी प्रशासनको लापरबाही र अदूरदर्शिताको कारण यसप्रतिको विश्वसनीयतामाथि नै अन्योल सिर्जना भएको छ । संविधानको धारा २० न्याय सम्बन्धी हकमा ‘कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन’ भन्ने व्यवस्था भए पनि उक्त घटनाको प्रकृति हेर्दा यसको सार्थकता नरहेको अनुभूति गर्न सकिन्छ । पारिवारिक जानकारी तथा अदालतमा जानकारीविना हिरासतमा राख्नु, हिरासतमै मृत्यु हुनु, परिवारको संलग्नताविनै पोष्टमार्टम गरी परिवारलाई खबर गर्ने जस्ता क्रियाकलापको कारण प्रहरी प्रशासनको कमजोरी देखिन्छ । १६ वर्षभन्दा कम उमेकालाई नाबालकको रूपमा हेरिन्छ । नाबालकलाई पक्राउ गरी हिरासतमा राख्दा विभिन्न प्रक्रियाको समेत व्यवस्था भएको सन्दर्भमा यसको कुनै वास्ता नगरिनु न्याय विपरीत देखिन्छ । सत्य–तथ्य पत्ता लगाई गल्ती गर्नेहरूमाथि शीघ्र कारबाही होस् ।
– प्रगीता अधिकारी, अर्घाखाँची

प्रकाशित : वैशाख ७, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?