हँसीमजाकले समृद्धि हुँदैन

सरकारका एक सदस्य भन्छन्– वृद्धभत्ता ५ हजार हुन्छ  । अर्का सदस्य भन्छन्– छोराछोरी भएपछि बाबुआमा आफै पाल्नुपर्छ, केका वृद्ध भत्ता ? नाबालिका, चेली बलात्कृत भइरहेका छन्  ।

राज्य प्रमुख बस्ने सरकारी निवासका जमिन बेचिएका छन् । माफियाको बिगबिगी छ । खै यसप्रति जिम्मेवारी ? जताततै विकराल अवस्था छ । जिम्मेवार पदमा आसिनहरूको हँसीमजाक चलेको छ । के यही हो, समृद्ध नेपाल, सुखी नेपाली ? पाइला–पाइलामा कमाउनु, देश/विदेशमा रमाउनु र राष्ट्र खोक्रो बनाउनु समृद्धि हो ? हैन भने खै जनतालाई कहाँ आयो समृद्धि ? खै को भएका छन्, खुसी ? यस्तै लुटतन्त्रका लागि थियो १० वर्षे द्वन्द्व ? यसैका लागि थियो, १९ दिने जनआन्दोलन ? हँसीमजाकले देश समृद्ध बन्दैन । जिम्मेवारीबोध गरी इमान–जमानमा चल्ने नेतृत्व भएन भने देश अधोगतिमा लाग्छ । अहिले यस्तै भइरहेछ ।
– अशोक तिवारी, बेलकोटगढी–१०, नुवाकोट

प्रकाशित : वैशाख ७, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?