कसैलाई साधु नठानौँ

वैशाख ४ गते प्रकाशित ‘अमेरिकी नेतृत्वले नबुझेको नेपाल’ मा १२ बुँदामा सिलसिलेवार व्याख्या गरिएको छ  । लेखक अमेरिका र भारतप्रति पूर्वाग्रही र चीनको पक्षपाती भएको प्रस्ट हुन्छ  ।

चीनको अन्धसमर्थनमा नेपालले आफ्ना परम्परागत मित्रलाई गुमाउनु हुँदैन । चीन र भारतको प्रतिस्पर्धा छ । ठूलाबडाको बीचमा यस्तै हुन्छ । सिंह र हात्तीबीच स्यालले सिंहको पक्ष लियो भने हात्तीले कुल्चिदिन्छ । हात्तीको पक्ष लियो भने सिंहले खाइदिन्छ । त्यसैले हाम्रो काम दुवैको बीचबाट सकुशल निस्कनु हो । राजनीति र कूटनीतिमा कोही पनि साधु हुँदैन । हाम्रा लागि न अमेरिका साधु, न चीन, भारत । सबै उस्तै हुन् । हामीले होसियारीपूर्वक तिनीहरूबाट फाइदा लिने हो । कसैलाई पनि साधु ठान्ने होइन ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : वैशाख ७, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?