आठ आनामा बेचिएको इमान

कान्तिपुर संवाददाता

काठमाडौँ — सवाल बालुवाटारको ८ आना जग्गाको मात्रै होइन, सवाल लोकतन्त्रका नाममा सार्वजनिक सम्पत्तिमा मौलाएको लुटतन्त्रको हो  । जनताको कमाइलाई मेहनत नै नगरी लुट्ने काम हुन थाल्यो  ।

कालो कमाइ कि अरूका नाममा कि विदेशमा कि जमिनमुनि अनि थोरै मूल्यांकन गरी जमिनमा लगानी गर्ने काम हुन थाल्यो । यी कार्य उच्चस्तरीय राजनीतिक एवं प्रशासनिक शक्तिकेन्द्रहरूको संरक्षणमा मात्रै सम्भव हुँदै गए । कम्युनिस्ट घोषणापत्रले प्रस्ट भनेको छः जमिनको राष्ट्रियकरण हुनुपर्छ । उत्पादन बढाउनुपर्छ ।

हामीकहाँ भने उल्टो उर्वर धानखेत राजनीतिक पार्टीहरूकै संरक्षणमा प्लटिङमा परिणत हुन थाले । जग्गा जोड्ने नशाले गर्दा राज्यको सम्पत्ति हुनुपर्ने जमिन व्यक्तिले थुपार्ने प्रवृत्ति मौलाउन थाल्यो । वीर अस्पतालको सयौं रोपनी जग्गा व्यक्तिहरूले हडपेका छन् । अस्पताल खुम्चिएर बस्न बाध्य छ । भरतपुर अस्पतालको जग्गाबारे पनि समाचार सम्प्रेषण भइरहेकै छन् । सरकारी अस्पताल, कलेज, विद्यालयका जग्गा पनि संरक्षण हुन सकेका छैनन् । तिनको सदुपयोग हुन सकेको छैन । सायद राजधानीको मुटुमै रहेका सरकारी कलेजहरूको जमिन सदुपयोग हुनसके विद्यार्थी हकहितमा लगाउन सकिन्थ्यो । यिनै क्रम, उपक्रममा बालुवाटरस्थित प्रधानमन्त्री निवासको जग्गा प्रकरण बल्झिएको छ । सवाल त्यो मात्रै होइन, सवाल मुलुककै जमिनको हो । राज्यले अब प्रत्येक इन्च जमिनको स्पस्ट रेकर्ड राखी सदुपयोग गर्नुपर्ने हुन्छ ।
–डा. ढुण्डिराज पौडेल, वीर अस्पताल, काठमाडौं

बालुवाटारको जग्गाबारे छानबिन होस् भनी नेकपाका महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिबारे समाचार पढ्ने अवसर मिल्यो । उनले जग्गा बिक्रीकर्ता उमा ढकाल र माधवी सुवेदीबाट आफ्ना छोरा नवीन पौडेलका नाममा लिखत पास गरी एकसट्ठी सालमा लिएको दाबी गरेका रहेछन् । अहिले निकै गरमागरम बहस चलेर पार्टीभित्र र बाहिर समेत चर्चाले शिखर छोएको बालुवाटार जग्गा प्रकरण कतै सेरोफेरो जम्मै मेरो भन्दै मनी, मसल र मास्टर प्लानको मनस्थितिबाट सिर्जित घटना त होइन ? कम्युनिस्ट पार्टीका नेताले यति महँगो आनाको करोडौं पर्ने जग्गा कसरी जोड्न भ्याए होलान् ?
सत्यतथ्य केलाउन विलम्ब गर्नु हुँदैन ।
–श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : वैशाख ८, २०७६ ०९:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

धन्न छापिएछ समाचार

कान्तिपुर संवाददाता

काठमाडौँ — देशकै ठूलो भेरी–बबई डाइभर्सन आयोजनाको १२ किमि लामो सुरुङको ‘ब्रेक थ्रु’ (छिचोल्ने काम) वैशाख ३ गते सम्पन्न भयो  ।

यो काम सम्पन्न हुँदा राष्ट्र नै हर्षित भयो तर यति महत्त्वपूर्ण काम हुँदा पनि कान्तिपुरलाई किन हर्ष लागेन ? यससम्बन्धी समाचारले कान्तिपुरको प्रथम पृष्ठमा त स्थान पाएन नै, दोस्रो र तेस्रोमा पनि पाएन । हुँदाहुँदा यस्तो महत्त्वपूर्ण समाचार कहाँ छ भनेर पत्रिकाका हरेक पाना पल्टाउँदै र खोज्दै जानुपर्ने भयो । धन्न, उक्त समाचार लगभग पत्रिकाको अन्त्यतिर अर्थ वाणिज्य पानामा छापिएको रहेछ ।
–तीर्थ भट्टराई, रामप्रसाद राई गापा, भोजपुर

प्रकाशित : वैशाख ८, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT