मलाई अन्याय भो

काठमाडौँ — कान्तिपुरमा प्रकाशित ‘पहुँचवालाका आफन्त नियम विपरीत सरुवा’ शीर्षक समाचारमा मेरो पनि नाम जोडिएको पाइयो  ।

म समायोजनमा रौतहटको गरुढा नगरपालिकामा खटिएको यथार्थ हो र अपायक भयो भनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नियम बमोजिम गुनासो दर्ता गरेको पनि हुँ । आजका मितिसम्म समायोजनका सम्बन्धमा मेरो कतै काज वा सरुवा भएको छैन । मैले नियम अनुसार गुनासो दर्ता गर्दा र रिक्त भएको स्थानीय तहमा समान तहमा समायोजनको माग राख्दा शिक्षा सचिवको समेत नाम जोडेर समाचार प्रकाशन गर्नु भ्रामक र तथ्यहीन हो । शिक्षा, विज्ञान तथा प्रविधि सचिवको भाइ भएकैले मैले चित्त नबुझेका कुरा सम्बन्धित मन्त्रालयमा राख्न नपाउने भन्ने हुँदैन होला ।


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विधिपूर्वक गुनासो राखेको कुरालाई शिक्षा सचिवसँग जोड्नु कहाँसम्मको जायज कुरा हो ? परिवारको सदस्य भएकै नाताले मैले विधिपूर्वक गुनासो र समाधानको उपाय सुझाउनु के मेरो गल्ती काम हो र ? आफ्नो समायोजनका सम्बन्धमा दायर गरेको रिटमा सम्मानित सर्वोच्च अदालतबाट हाललाई यथास्थानमै रहनु भन्ने आदेश भएकाले रमाना नलिएको र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा), स्याङजामा रहेको ब्यहोरा जानकारी गराउँछु ।
– बाबुराम बराल, उपसचिव, काठमाडौं

प्रकाशित : वैशाख ९, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?