एनसेलको दादागिरी
एनसेललाई कर तिर भन्दै योभन्दा अघि पटक–पटक आन्दोलन गरियो । मानेन ।
मुद्दा हाले । सर्वोच्च अदालतले एक हप्ताभित्र कर तिर्न आदेश दियो, अझै मान्दैन । उल्टै तिर्दिन भन्दै दादागिरी देखाउँछ । के राज्यभन्दा ठूलो हो, एनसेल कम्पनी ? केही साथी एनसेल सिम बहिष्कार गरौं भन्दैछन् । मैले यो विषयमा केटाकेटीपन देखेँ । भोलि कपडा उद्योगले कर नतिर्ला, त्यो अवस्थामा कपडा बहिष्कार गरेर नाङ्गै हिँड्न सकिँदैन । एउटा सामान्य नागरिकले सञ्चालन गरेको कुनै व्यवसायले राज्यलाई कर नतिरे वा कर छली गरे सोझै सिल गर्नसक्ने राज्यले एनसेललाई किन कुनै कारबाही गर्न सक्दैन ? कर कसरी उठाउने त्यो राज्यको विषय हो, हामी नागरिकको चासोमाक्रै रहने हो । दुई तिहाइको कम्युनिस्ट सरकारलाई एनसेलको दादागिरी तोड्न कुन शत्ति, कुन कानुनले रोक्यो ? एउटा कम्पनीको दादागिरीसँंग राज्य किन निरीह हुँदैछ ?
– अनमोल अविनाश, रामेछाप