१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राज्य र धर्म

प्रमोद मिश्रको ‘धर्म अमृत कि विष’मा उनले धर्मलाई अमृत र विष दुवै रूपमा प्रस्तुत गरेका छन्  । निष्कर्ष निकालेका छन् ः धर्म परापूर्व कालदेखि चलिआएको अलौकिक दस्तावेज हो  ।

आधुनिक लोकतन्त्र मानव निर्मित लौकिक व्यवस्था हो । यो व्यवस्था अलौकिक दस्तावेजले होइन, लोकको इच्छा अनुसार चल्नुपर्छ । तर्क ठिक भए पनि उनले के बिर्सेका छन् भने धर्म पनि मानिसले नै बनाएको परम्परा हो । त्यसमा पनि मानव कल्याणका नै कुरा छन् । कालान्तरमा त्यो हिन्दु, मुस्लिम, बौद्ध, इसाई भएर राजनीतिक दलहरूजस्तै लड्न–भिड्न थालेका हुन् । पछि धर्ममा राजनीति पस्यो र हिन्दु धर्मजस्ता सहिष्णु धर्मलाई पनि बलात राजनीतिमा तानियो । पश्चिमाहरूले आजित भएर धर्मलाई राजनीतिबाट अलग्याए । पूर्वकाहरूले भने धर्मलाई राजनीतिमा ल्याए । यही फरक छ, पश्चिम र पूर्वमा । यसको साक्षी अनगिन्ती धार्मिक आक्रमणका घटना हुन् । मोदीको उदय त्यसैको परिणाम हो । राष्ट्रवाद भनेको अर्कै कुरा हो । कसले भन्छ राष्ट्रवाद पश्चिमबाट आएको हो ? पूर्वमा पनि राष्ट्रवाद मुखर थियो र छ । मलाई गान्धी र अम्बेडकरका मूर्ति बनाउन जसरी केही आपत्ति छैन, त्यस्तै पटेलको मूर्ति बनाउनमा पनि आपत्ति छैन ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : वैशाख १३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?