२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बाटाकै बेहाल छ, बुटिकका कुरा

ठेकेदारले समयमै बाटो नबनाएको विरोधमा बौद्धबासीले सडक आन्दोलन थालेका छन्  । तीन वर्षअघि थालिएको चावहिल– बौद्ध– साँखुसम्मको करिब १५ किलोमिटर सडक निर्माण अहिलेसम्म पुरा हुनसकेको छैन  ।

बाटाकै बेहाल छ, बुटिकका कुरा

उक्त बाटो हिँड्ने लाखौं सर्वसाधारण प्रताडित छन् । उक्त बाटो भई बौद्ध, जोरपाटी, सुन्दरीजल, थली, साँखु, मूलपानी, दुवाकोट र मेलम्चीसम्म पुग्ने गरिन्छ । बाटोको दुरावस्थाले आजित छन् । सरकार र ठेकेदार मूकदर्शक छन् । यो बाटो हिँड्ने हरकोहीले सरकारलाई सरापेको सिवाय सुनिँदैन । तीन वर्षमा पनि यति सडक बनाउन नसकेको भन्दै आक्रोशित छन्, उनीहरू ।


ठेकेदारलाई कारबाही गर्न नसक्नु सरकारको असक्षमता हो । समयमै पिच गर्न नसके पनि सडकका खाल्टाखुल्टी पुरेर लाखौं बटुवालाई केही राहत दिन सकिन्थ्यो । सरकारलाई बाटो बनाउन होइन, सिंहदरबारलाई बुटिक बनाउनमै फुर्सद छैन । सधैं विकास र समृद्धिको नारा दिने सरकारको असली अनुहार बौद्ध र कलंकी, नागढुंगाको बाटोमा राम्रोसंँग देखिँदैछ । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ दर्शन गर्न आउने हजारौं पर्यटक सरकारको शैली देखेर जिल्ल छन् । यस बाटोमा दैनिक २० हजारभन्दा बढी सवारी साधन हिँड्छन् । बाटोकै कारण दिनहुँ दुर्घटना हुन्छन् । सरकारलाई के पर्वाह !ठेकेदारको गल्तीको भार सरकारको टाउकोमा पुगेको छ । हजारौं यात्रुले सरकारको क्षमतामा प्रश्न उठाइरहेका छन् ।
गोपाल देवकोटा, गोकर्णेश्वर– ८, जोरपाटी

काठमाडौंको बौद्ध, जोरपाटीका स्थानीयले बिहीबार बिहान केही समय दबाबस्वरुप सडक बन्दको घोषणा गरे । ठाउँ–ठाउँमा टायर बालिन थाले, सडकमा पूर्णरूपमा सवारी साधन देखिन छाडे । बटुवा पनि भागाभाग गर्न थाले । यही क्षेत्रमा ठूला तीनवटा अस्पताल छन् । त्यहाँ आउने–जाने बिरामीको आंँकलन भिडले गर्न सकेन । क्षणभरमै सडक युद्ध सकिएपछिको मैदानजस्तै बन्न पुग्यो । प्रहरीको उपस्थिति शून्य थियो । कसैको नियन्त्रणमा कोही थिएन । वर्षौंदेखि सरकारले लाचारी प्रस्तुत गरिरहेको यो सडकमा जनताको आक्रोशित थिए । बौद्ध, जोरपाटीको सडकले सरकारको उपस्थितिलाई व्यंग्य गरिरहेको छ ।
– रामकृष्ण बराल, जोरपाटी– २

प्रकाशित : वैशाख २७, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?