कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

त्रिवि सेवा आयोगका विकृति

नेपालको सबैभन्दा पुरानो र झन्डै ८० प्रतिशत विद्यार्थीको हिस्सा लिने त्रिभुवन विश्वविद्यालयका विकृतिबारे कान्तिपुरको अग्रपृष्ठमा समाचार देख्दा ज्यादै खिन्न लाग्यो  ।

त्रिवि सेवा आयोगका विकृति

म आफैं पनि त्रिवि सेवा आयोग पीडित भएर लोकसेवामा नाम निकालेको व्यक्ति हुँ । त्रिवि जस्तो प्राज्ञिक थलोमा यस्तो विकृति हुनु निन्दनीय छ । त्यहाँ विना सोर्सफोर्स नियुक्ति पाएका पनि होलान्, उनीहरूको मर्मलाई ख्याल राख्न जरुरी छ । सुधारका लागि निम्न विषयमा ध्यान दिनुपर्छ :


१. त्रिवि सेवा आयोगका हरेक विज्ञापन, पाठ्यक्रम तथा नमुना प्रश्नहरू निर्माण स्वतन्त्र तथा बाह्य विज्ञद्वारा निष्पक्ष रूपमा गर्नुपर्ने ।
२. लोकसेवा आयोगको मापदण्डका आधारमा निष्पक्ष ढंगले नियमित विज्ञापन र पदपूर्ति गर्नुपर्ने ।
३. आवश्यक कानुनी प्रबन्ध गरी पदपूर्तिको जिम्मा लोकसेवा आयोगलाई दिने ।
– कुशलदेव घिमिरे, काठमाडौं

कान्तिपुरले किटान गरेअनुसार त्रिविका उच्च तहका पदाधिकारी लगतयत पहुँच पुग्ने जतिले पदीय हैसियतको दुरुपयोग गरी आफ्ना नातेदारलाई सेवा आयोगको परीक्षामा उत्तीर्ण गराएछन् । आयोगको परीक्षा कुनै मर्म र धर्म रहेको देखिएन । परीक्षामा संलग्न त्रिविकै पदाधिकारीहरूका आफन्तजनहरू क्षमतावान भएर नै नाम निकालेका पनि हुन सक्छन् । परीक्षामा उत्कृष्ट लेखेर तिनले नाम निकाल्न सक्दैनन् भन्ने होइन । तर शंका गर्ने ठाउँ छ– छानी–छानी त्यही त्रिविकै वरिष्ठ पदाधिकारीका नातागोता पर्नेहरू ट्वाक–ट्वाकी कसरी उत्तीर्ण भए ? संगठन र पदीय मर्यादाको बर्खिलापमा गई सेटिङ मिलाएर आफ्ना मान्छेलाई नियुक्ति गर्ने रवैया आपत्तिजनक छ । यसबारे सत्य–तथ्य छानबिन गरी दोषी पाइए कडा कारबाही गर्न हिच्किचाउनु हुन्न ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौँ

प्रकाशित : वैशाख ३०, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?