चिया मजदुरको आन्दोलन

दैनिक उपभोग्य वस्तु दाल, चामल, तरकारीको भाउ दिन दुई गुना रात चौगुना बढेर गरिखाने हरेक नेपालीको जीवनयापन निकै कष्टपूर्ण बन्दै गइरहेको छ  ।

चिया बगानमा दिनभर घामपानी केही नभनी ‘दुःखजिलो गरेको श्रमको मूल्य देऊ, म र मेरो परिवारलाई भोकै रात काट्न बाध्य नपार’ भनी चिया मालिकसँग जायज माग राख्दा माग पूरा गराउन सकिँदैन भनी हेपाहा श्रम शोषक चिया मालिकहरूले चिया मजदुरहरूलाई आन्दोलनमा होमिन बाध्य पारेका छन् । चिया मजदुरहरू ४० दिनदेखि आन्दोलनमा छन् ।


बल्ल–बल्ल श्रममन्त्री गोकर्ण विष्टले दुई दिनभित्र मजदुरहरूलाई तलब दिनु भनी चिया मालिकहरूलाई उर्दी जारी गर्नुभएको छ । ढिलै भए पनि यो सकारात्मक पहल हो । यसलाई मालिकहरूले व्यवहारमा कहिले लागू गर्ने हुन् ? राज्यले कानुनले तोके अनुरुप न्युनतम तलब–भत्ता मजदुरलाई नदिनेलाई के कस्तो कानुनी कारबाही हुन्छ ? चिया मजदुरको समस्या समाधान गर्न सरकारले आवश्यक कदम चाल्न जरुरी छ ।
– सन्तोष सिम्खडा, भीमसेन थापा–२, गोरखा

प्रकाशित : जेष्ठ १, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?