अपरिपक्व कूटनीति

वैशाख ३० गते प्रकाशित टीका ढकालको ‘नेपाल–भारत सम्बन्धको पुनर्निर्माण’ पढेंँ  । नेपाल–भारतबीच राजनीतिक सम्बन्धको मात्र पुनर्निर्माण हुनेछ  ।

धार्मिक र पारम्परिक सम्बन्ध यथावत नै रहनेछ । दुई देशका प्रबुद्ध समूहले प्रतिवेदन तयार पारे पनि भारत सुगौली सन्धिको लिगेसीबाट पछि हट्ने देखिँदैन । आत्मविश्वाससँंग आफ्ना कुरा राखे नेपालले बढी फाइदा लिन सक्छ । जहाँसम्म अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको साथको कुरा छ, भारतले साथ दिन्छ । तर नेपालले उसको साथ खोजेको छैन । नेपालले चीन र पाकिस्तानलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय मञ्चको उपयोग गर्न खोज्नु सही हुँदैन । यो काम नेहरू, महेन्द्र, इन्दिरा, वीरेन्द्रको समयदेखि नै चलिआएको छ । अतः नेपाली कूटनीति परिपक्व छैन ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : जेष्ठ १, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?