कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘मेरो कुनै संलग्नता छैन’

प्रस्टीकरण

२०७६ वैशाख २९ गते प्रकाशित ‘त्रिविको जागिर नातेदारलाई’ शीर्षकको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ  । समाचारमा मेरो नाम उल्लेख गरी उषा नामको उम्मेदवार मेरो बहिनी भएको भनिएको छ  ।

त्रिवि सेवा आयोगको लिखित परीक्षामा मैले भनसुन गरी उनको नाम निकालेको विषय उल्लेख छ ।


म स्पष्ट पार्न चाहन्छु, उषा नाम गरेको व्यक्तिसँग मेरो कुनै पनि व्यक्तिगत एवं पारिवारिक नाता सम्बन्ध छैन । चिन्दै नचिनेको मान्छेलाई खनाल थर भएकै आधारमा बहिनी बनाएर कान्तिपुरजस्तो प्रतिष्ठित पत्रिकाले समाचार प्रकाशन गरिदिँदा त्यसले भ्रम सिर्जना गरेको छ । समाचार सत्य नभएको जानकारी गराउन चाहन्छु ।


– विष्णुप्रसाद खनाल
कार्यकारी निर्देशक, अनुमगन निर्देशनालय, त्रिवि

प्रकाशित : जेष्ठ १, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?